बारा प्रहरीले ३९ लाख १८ हजार बराबरको अबैध समान प्रहरीको नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको मतहतको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले ३९ लाख १८ हजार बराबरको अबैध समानसहित डिब्बे ट्रकहरू नियन्त्रणमा लिएको हो ।
बिलबिजक भन्दा बढी सामान लोड गरी वीरगंजबाट चितवन तर्फ जादै गरेको बा २ ख ४१६६ नं.को ट्रक वुधबार प्रहरीले नियन्त्रणमा लिएको हो । बा २ ख ४१६६ नं.को ट्रकमा कपडा, प्याज, फ्रिज, साईलक र अन्य समानहरू गरी ३९ लाख १८ हजार ३ सय ९१ रूपैया बराबरको बिल भरपाई फरक रहेको पइएको प्रहरीले जानाएको छ ।
नियन्त्रित ट्रकहरुलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।