४६ जना पत्रकारहरूको सामूहिक प्रवेशसँगै चौतारी पर्सामा थप बलियो

52

वीरगञ्ज (पर्सा), १६ फागुन। प्रेस चौतारी नेपाल पर्सा शाखामा विभिन्न सञ्चार गृहमा कार्यरत ४६ जना पत्रकार शनिबार औपचारिक रूपमा प्रवेश गरेका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा सम्पन्न कार्यक्रममा नवप्रवेशी पत्रकारहरूलाई खाँदा, माला र टिका लगाएर स्वागत गरिएको थियो।

प्रवेश गर्नेहरूमा दीपेन्द्र शर्मा, अभिलाष गुप्ता, बिमला गुप्ता, सञ्जय कुशवाहा, कृष्णा यादव, रामनिवास पटेल, दिनेश मिश्रा, रुस्तम् देवान, प्रेम सराफ, सुबाश क्षत्री, सनी महतो, करण सराफ, सन्तोष नेपाल, रोशन पटेल, सञ्जय यादव लगायत रहेका छन्।

कार्यक्रम प्रेस चौतारी पर्सा शाखाका अध्यक्ष निरञ्जन मिश्राको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा उपस्थित थिए। विशिष्ट अतिथिहरूमा प्रेस चौतारी नेपाल मधेस प्रदेश अध्यक्ष लालबाबु शेख, केन्द्रीय सदस्य अच्युत पौडेल, केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज विजय भण्डारी, नेपाल पत्रकार महासंघ का केन्द्रीय लेखा संयोजक केसि लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, एमालेका केन्द्रीय सदस्य विजय सरावगी, पर्सा जिल्ला अध्यक्ष डा. विशर्मबर शर्मा, महासंघ पर्साका सह–सचिव एसके चौरसिया कार्यसमिति सदस्य आरोहण साह लगायतको उपस्थिति रहेको थियो। साथै पार्टीका वरिष्ठ नेता, कार्यसमिति सदस्य तथा चौतारीसम्बद्ध पत्रकारहरूको सहभागिता उल्लेख्य रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नवप्रवेशी पत्रकारहरूलाई संगठनमा उचित जिम्मेवारी दिई प्रेस चौतारीलाई अझ सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। प्रमुख अतिथि हजराले चौतारीको नीति र सिद्धान्तअनुसार सत्य–तथ्यमा आधारित समाचार संकलन गर्न आग्रह गर्दै पर्सा जिल्लामा एमालेबाट चारै निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरूको प्रचार–प्रसारमा सक्रिय भूमिका खेल्न अनुरोध गरेका थिए।

यस प्रवेशसँगै प्रेस चौतारी नेपाल पर्सा शाखा जिल्लामा थप मजबुत र प्रभावकारी बनेको आयोजकले दाबी गरेका छन्। संगठनको विस्तारले पत्रकारहरूबीच एकता, समन्वय र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.