जेठ २२, वीरगञ्ज । ४६ साल पछि वा अगाडी भएका प्रतेक काण्डको छानबीन गर्न नेकपा एमाले तयार हरेको सांसद योगेश भट्टराई बताएका छन् ।
प्रतिनिधि सभा आज बसेको बैठकमा बोल्दै भट्टाराईले एन्सेल, गिरिबन्धु,तोरामेक्स, बासवारी जग्गा,कोहलपुर जग्गा र बालुवाटार लगायतको प्रतेक कारणको छानबीन गर्ने नेकपा एमाले तयार रहेको बताउनु भएको हो ।
उनले नेकपा एकालेले भ्रष्टाचारको आरोप लगाएर अदालत वा अख्तियारमा व्यान दिन जान नपरेको र पार्टिको केन्द्रिय समितिमा दागलागेका व्यक्तीलाई बैठकमा राखेर बैठक गर्ने अवस्था नरहेको जिकिर गर्नु भयो । नेकपा एमाले जनताको बहुदलीयमा बिश्वास राख्ने पार्टि रहेको उनको भनाई छ ।
नेकपा एमाले कुनै पार्टिमाथी गलत ढङ्गले टिप्पणी गर्न फर्त जाने पार्टि नरहेको र त्यसमा जिवदै मानिषलाई ईट्टा भट्टीमा पोल्ने सम्मको हर्कत आज सम्म वा २ सय वर्षमा पनि त्यस्तो गर्न नस्कने भट्टराईले बताए ।
कुनै पनि अपराधमा कोही पनि चाहे त्यो हसिया हर्थौराको झण्डा ओढोस, चाहे त्यो घण्टी बजावोस, हलो बोकोस त्यो कसैलाई छुट यद्यपी नेकपा एमालेलाई पनि नरहेको बताए । हामी प्रतेक छानबीनको निम्ति अगाडि आउन तयार हरको भट्टराईले बताउनु भयो ।