जेठ २३, वीरगञ्ज । हुण्डी कारोबारीमा सलंग्न रहेको आरोपमा पाँच लाख ९० हजार स्रोत नखुलेको रकमसहित एक भारतीय वीरगञ्जबाट पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारत बिहार राज्य पुर्वीचम्पारण रक्सौल वडा नम्बर २० कुम्हरियाटोल बस्ने २९ बर्षिय बबलु राज रौनियार रहेका छन ।वीरगञ्ज महानगरपालिका–१५ बाईपास स्थित सडकखण्डमा बसपार्कबाट प्रतिमा चोकतर्फ शँकाष्पद रुपमा पैदल हिडी जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।
जाँचको क्रममा रौनियारले बोकेको ब्यागभित्रबाट स्रोत नखुलेको बिभिन्न दरका नेपाली पाँच लाख नब्बे हजार सहितनियन्त्रणमा लिई उनी विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।