७० औं प्रहरी दिवसको अवसरमा भिस्वा डाँडामा सरसफाई कार्यक्रम सम्पन्न

15

बिरगंज, पर्सा आनन्द पटेल-

नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ७० औं प्रहरी दिवसको अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका वडा नं. १५ स्थित भिष्वा डाडाँ (बुद्ध मन्दिर) मा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्साका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट लगायत प्रहरी कर्मचारीहरु सहभागी थिए।

कार्यक्रममा करिब १०५ जना सहभागी भएर वातावरण संरक्षण र सरसफाईको महत्वबारे जनचेतना फैलाउने काम गरिएको थियो।

प्रहरी दिवसको अवसरमा आयोजित यस किसिमका सरसफाई कार्यक्रमले समुदाय–प्रहरीको आपसी सम्बन्ध मजबुत पार्ने मात्र नभई, सार्वजनिक स्थानहरूको सफाइ र वातावरण संरक्षणमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.