वीरगन्ज समस्यामा परेका संचारकर्मीहरूको जटिलताको समाधान गर्न पत्रकार कल्याण कोष स्थापना

249

पर्सा- वीरगन्ज समस्यामा परेका संचारकर्मीहरूको जटिलताको समाधान गर्न आज पत्रकार कल्याण कोष स्थापना भएको छ । कोषको शुरुवात हाल ५० जना पत्रकारहरूले मासिक १ हजार रुपैयाँ जम्मा गरेर कोष स्थापना शुरू गरेका छन् ।

यो कोषले संचारकर्मीहरूको आर्थिक, स्वास्थ्य र अन्य आवश्यकताहरूमा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ । सञ्चारकर्मीहरूको हितमा काम गर्ने यो कोषले समस्यामा परेका पत्रकारहरूलाई ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जाराले बताए ।

नवगठित कोषको अध्यक्ष निरञ्जन मिश्र रहेका छन् । अन्य सदस्यहरूमा धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, राजन रौनियार, एस।के। चौरसिया, र किरण सत्याल रहेका छन् ।

कोषको स्थापना र यसको संचालनमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसि लामिछानेले बताए

कोषमा निरञ्जन मिश्र, श्याम बन्जारा, किरण सत्याल, अच्युत पौडेल, पुष्पराज तिम्लसिना, बिनोद परियार, धनन्जय मिश्र, शिवशंकर साह, राकेश साह, अ‌ारोहन साह, एस।के। चौरसिया, राजन रौनियार, अखिलेश प्र। साह, राजु साह, अ‌ान्नद पटेल, रश्मिराज भण्डारी, अ‌ाकाशराज भण्डारी, प्रियंका कुमारी, शेख अजाद, शैलेश कुश्वाहा, महेशचन्द्र गौतम, कुवेरचन्द्र गौतम, राजु श्रेष्ठ, मुस्कान श्रेष्ठ, याशिका गुप्ता, प्रतीक्षा श्रेष्ठ, दिपेन्द्र विसी, सुवास राम, युवराज खड्का, भगवान कुर्मी, कविता खड्का, प्रताप श्रेष्ठ, राम प्रवेश साह, लक्ष्मी खरेल, कन्हैया गुप्ता, केसि लामिछाने, जगरनाथ साह, रवि वर्णवाल, संजय साह, लालबाबु शेख, उर्मिला सापकोटा, शेखर क्षतकुलि, कृष्ण यादव, कृष्ण खनाल, उतम खड्गी, शशी विचित्र लगायत ५० सदस्यीय रहने कोषले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.