मङ्सिर १७ , वीरगन्ज
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा दलित भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगवामा आयोजित कार्यक्रममा सयौको संख्यामा स्थानीयहरू जनमत पार्टीमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरूमा स्थानीय अगुवाहरु संजय महतो, लक्षमण यादव ,जितेन्द्र राम,किशोरी दास ,जगरु मलि, सोनि दास, शैल देवी दास लगायतका स्थानीयहरु विभिन्न पार्टी परित्यागगरी जनमत पार्टीमा आबद्ध भएका छन् ।
दलित जनमत संघका जिल्ला अध्यक्ष नरेश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य ओमप्रकाश सरार्फले सम्बोधन गर्दै अबको विकल्प जनमत पार्टी मात्रै भएकोले सबैखाले विभेद अन्त्य र देश ,मधेसको समृद्धिको लागी जनमत पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गरे।
कार्यक्रममा केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, अनिता रौनियार ,श्याम गुप्ता, श्याम चौरसिया, नेताहरु रम्भा मिश्रा, शिव जी यादव ,वीरगन्ज महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल ,सचिव सहनवाज राकी, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, युवा महानगर संयोजक संजय सिह, युवा नेताहरू ,बृज किसोर कलवार, उदय यादव , सत्युग साह, सिकेन्द्र रान, निकेश महतो,लोकेश कर्ण,तुलसी राम लगायतको सहभागीता रहेको थियो । नव प्रवेशीहरुलाई जिल्ला अध्यक्ष सरार्फ लगायतका नेताहरुले अबिर माला लगाई पार्टीमा स्वागत गरेका थिए ।