नेशनल मेडिकल कलेजबाट सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई सम्मानपूर्वक विदाई
वीरगञ्ज, पर्सा — वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोह मार्फत सम्मानपूर्वक विदाई गरेको छ। पर्सामा कार्यरत रहँदा समाजिक उत्तरदायित्व र सुरक्षामा उल्लेखनीय योगदान पुर्याएको भन्दै कलेज प्रशासनले धिमालको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम कलेजका सञ्चालक डाक्टर जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रबन्ध निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डाक्टर ईसरत जहान अन्सारी, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर के।एन। सिंह लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीका अनुसार कार्यक्रममा वक्ताहरूले धिमालको कार्यकाललाई स्मरणीय बताउँदै, वीरगञ्जको शान्ति सुरक्षामा उनको भूमिकाको प्रशंसा गरेका थिए। कार्यक्रम समापनमा उपरीक्षक धिमालले पनि नेशनल मेडिकल कलेजप्रति आभार प्रकट गर्दै, सामाजिक संस्थाहरूको साथले प्रहरी प्रशासनको काम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।