मधेसका जिल्लामा आज राति तीव्र हावाहुरीको सम्भावना
(AI द्वारा निर्मित तस्बिर)”
वीरगञ्ज– आज (मंगलबार) राति मधेस प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाद्वारा जारी सूचनाअनुसार बारा, पर्सा, रौतहट तथा आसपासका क्षेत्रमा रातिको समयमा हावाहुरीको प्रभाव देखिन सक्ने सम्भावना रहेको छ। त्यसैगरी, आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु लगायत क्षेत्रमा पनि तीव्र हावाहुरीको जोखिम रहने उल्लेख गरिएको छ।
संभावित हावाहुरीका कारण जनधनको क्षति हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ। खुला स्थानमा नबस्न, कमजोर संरचना तथा रुखमुनि नओत लाग्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।