प्रहरी सहायक हवल्दार जितेन्द्र यादव भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित

49

वीरगञ्ज, असोज ८ ।

जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ साल भदौ महिनाका लागि प्रहरी सहायक हवल्दार जितेन्द्र प्रसाद यादवलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषित गरेको छ।

वडा प्रहरी कार्यालय श्रीपुर, पर्सामा कार्यरत यादवलाई ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उत्कृष्ट प्रहरी घोषित यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना दिएका छन्।

प्रहरी सेवामा कर्तव्यनिष्ठा, जिम्मेवारी प्रतिको समर्पण तथा उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै यादवलाई भदौ महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल बढाउन तथा सेवा प्रति थप उत्प्रेरित गर्न ‘महिनाको उत्कृष्ट प्रहरी’ छनोट गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.