नेपाली कम्युनिष्ट पार्टी परवानीपुर कमिटीको निर्णय : अनुशासन उल्लंघनको आरोपमा दारा सिंह र छोटेलाल पटेलमाथि कारबाहीको सिफारिस

61

वीरगञ्ज आनन्द पटेल।

नेपाली कम्युनिष्ट पार्टी परवानीपुर गाउँपालिका कमिटीले पार्टीको नीति, विधान, अनुशासन तथा निर्णय विपरीत कार्य गरेको भन्दै क. दारा सिंह र छोटेलाल पटेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छ।

तिहार तथा छठ पर्वको अवसरमा आयोजित पार्टीको बैठकले उक्त निर्णय गरेको हो। परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी टोल स्थित राजकुमार यादवको निवासमा बसेको गाउँपालिका कमिटीको बैठकले दुवै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न नेपाली कम्युनिष्ट पार्टी बारा जिल्ला कमिटीसमक्ष आवश्यक निर्णयका लागि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

बैठकमा पार्टीका नेता तथा कार्यकर्ताहरूले पार्टीको नीति, विधान र अनुशासन पालना गर्दै संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा लालबहादुर पटेल, अजय पटेल, सुनिल पटेल, शिव पटेल, रामनिवास हजार, मनसहिद देवान, राजेन्द्र मेहरा, सोनु पटेल, लालबाबु पटेल, बिर्जे पटेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

 

Leave A Reply

Your email address will not be published.