१३ लाख भन्दा बढिको समान पर्सा प्रहरीको नियन्त्रणमा

398

बैशाख २४, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलिको १३ लाख भन्दा बढिको समान नियन्त्रणमा लिएको छ ।

प्रहरीेले वीरगंजको रजतज्यन्ती चेकबाट १३ लाख ६७ हजार ८ हजार ७० रुपैयाको मालसामान नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतज्यन्तीचोकबाट कुर्ता सुरवाल २४८ पिस, सर्ट कपडा ७८१ मिटर, पुजा कपडा १८९० मिटर, काजु २१० के.जी., स्मार्टवाच ४० पिस, एयरपोड १२ पिस, १६३ पिस, आचार ९० डिब्बा र गुडनाईट ३८४० डिब्बा सामानहरु बारबर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नियन्त्रणमा लिएका सामानहरू वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.