थारु कल्याणकारी सभा पर्साद्वारा थारु धर्मशालाको शिलान्यास

327

जेठ ६, वीरगञ्ज । थारु कल्याणकारी सभा पर्सा द्वारा थारु धर्मशालाको शिलान्यास गरिएको छ।कार्यक्रम प्रमुख अथिती एवम् पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी र बिशिस्ट अथिती नागरिक उन्मुक्ति पार्टी पर्सा अध्यक्ष निरन्जन चौधरी द्वारा धर्मशाला शिलान्यास गरिएको हो।

कार्यक्रमको अध्यक्षता था.क.स.पर्सा कार्यबाहक अध्यक्ष भागवत प्रसाद चौधरी,प्रमुख अथिती पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी,बिशिस्ट अतिथि केन्द्रिय पार्सद महेन्द्र चौधरी,नन्दकिशोर पन्जियार,नागरिक उन्मुक्ति पार्टी पर्सा अध्यक्ष निरन्जन चौधरी,अथिती जङ्ग बहादुर चौधरी,राजु प्रसाद चौधरी,अमय दास थारु,मोहन दास थारु,शेखर चौधरी,रितनारायन चौधरी,कृष्ण चौधरी,सन्जय पन्जियार,शुभनारायण चौधरी,लगायत पर्सा जिल्लाका थारु संघसंगठनका संस्थाहरु र थारु थारुवान भरभलाअदमीहरुको उपस्थिति रहेको थियोे।

कार्यक्रममा थारु फर्मा मार्केटिङ बिरगंज अध्यक्ष चन्द्रप्रकाश चौधरी,पुर्ब योजना सदस्य रमाकान्त चौधरी,केन्द्रिय पार्सद महेन्द्र चौधरी,नन्दकिशोर पन्जियार,था.क.स.पर्सा कोषाध्यक्ष राजु चौधरी,बिशिस्ट अतिथि निरन्जन चौधरी लगायत प्रमुख अतिथि पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी समेतले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे।

कार्यक्रममा हाम्रो देश समाज र बिशेष गरि हाम्रो थारु समाजमा पैसा रिनमा दुबेको अवस्था रहेको देखन सकिरहेको छ।कारण एव्टै हो कि थारु समाजमा देखावटी र घमण्डले भरेको देखन पाइन्छ।थारु समाजको सुधारको विभिन्न योजना विभिन्न जनचेतनामूलक कार्यक्रम सुचारु गर्नु पर्छ भनेर जोड दिनुपर्छ भनेर प्रमुख अथिती पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी ले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो।

साथै पुर्ब मन्त्री चौधरीले थारु धर्मशाला पुर्ण रुपले सम्पन्न गर्नको लागि नेपाली रु दस लाख (१००००००)चेक द्वरा सहयोग गर्नु भयो। कार्यक्रमको सहजीकरण था.क.स. सचीव मनोज चौधरीले गर्नु भएको थियोे ।

Leave A Reply

Your email address will not be published.