कृषि औजार संचालन गर्न महावीर पुन पुस्तक बेच्दै

249

 

२० भर्दौ,वीरगंज

राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक अधयक्ष महावीर पुन पुस्तक बेच्दै ३५ औ जिल्ला अन्तरगत पर्सामा आईपुगेका छन । उनले आफ्नो जीवनको आत्म कथामा आधारित सो पुस्तक बीरगंजको घन्टाघर र वडा नम्बर १३ मा रहेको साउथजोन माध्यमिक बिधालयमा पुस्तक विक्री वितरण गरेका छन् ।

साउथजोन माध्यमिक बिधालयका प्रिन्सिपल एवम् संचालक सरोज प्रसाद चौधरीले आफ्नो तर्फबाट १० वटा पुस्तक खरिद गरेर सहयोग गरेको बताए । साथै प्रिन्सिपल चौधरीले महावीर पुनले देश र जन्ताको लागि गरेको योगदानको प्रशंसा गरे । उनले कृषि औजार कारखाना संचालनको लागि आवश्यक रकमको जोहो गर्न यसरी हरेक जिल्ला घुमिरेको र यस कार्यमा हामी सबै नेपालीले उनको साथ र सहयोग गर्नुपर्ने बताए ।

साथै उनले हाम्रो देशका गहना यसरी सडकमा आफ्नो पुस्तक बेचेर कारखाना चलाउनु परेको देख्दा देशका ठूला नेता तथा मन्त्रीहरुको ध्यान किन नपुगेको भन्ने प्रशन गरे? यसका साथै प्रिन्सिपल चौधरीले अब उहाँलाई साथ र सहयोग गर्न विभिन्न निजी बिधालयका प्रिन्सिपल शिक्षक ,शिक्षिका,विद्यार्थीहरुलाई ुस्तक खरिद गर्न र प्याब्सनका पदाधिकारीहरुसंग छलफल गर्ने तयारी रहेको प्रिन्सिपल चौधरीले बताएका हुन ।

एउटा पुस्तकको मुल्य रु ७५० पर्ने र विद्यार्थीहरुलाई रु ७०० पर्ने आविस्कार केन्द्रका अधयक्ष महावीर पुनले बताएका छन्। त्यसैगरी स्थानीय युवा हुनीराज चौधरी ,मुनेश लायोमगर लगायतले पुस्तक खरिद गरेर सहयोग गरेका छन । महावीरले भने करिब दुई हप्तासम्म बीरगंज बस्ने र पुस्तक विक्रि वितरण गर्ने तयारी रहेको र विभिन्न संघसंस्थाहरुले धेरै भन्दा धेरैले पुस्तक किनेर सहयोग गरिदिन अपिल गरेका छन । बीरगंजका उधोगी ब्यापारी ,कलेज ,निजी स्कुल अभिभावक ,तथा विद्यार्थीहरुमा आफ्नो पुस्तक खरिद गरेर सहयोग पुर्याउन उनले नगरबासीहरुलाई आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.