प्रधानमन्त्री ओली र बंगलादेशी मन्त्री हसन बिच भेटबार्ता सम्पन्न

137

काठमाडौं( बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन्न । नेपाल भ्रमणमा रहेका मन्त्री हसनले प्रधानमन्त्री निवास बालुवाटारमा आज शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सरकारले बंगलादेशसँग विद्युत व्यापार सम्झौता गर्ने तयारी गरेको छ। बंगलादेशरनेपालबीच ४० मेगावाटको बिजुली खरिदरबिक्रीको सम्झौता हुन लागेको हो।

यसअघि गत साउन १३ मा ४० मेगावाट बिजुली खरिदबिक्री गर्न सम्झौता हुने भने पनि सम्झौता नहुँदै बंगलादेशमा तत्कालीन सरकारविरुद्ध विद्यार्थीको देशव्यापी प्रदर्शन चर्किएको थियो।

त्यसपश्चात नयाँ सरकार बनेपछि बिजुली खरिदबिक्री सम्झौता के हुन्छ भन्ने अन्योल थियो। तर, नयाँ सरकारले पनि नेपालसँग विद्युत खरिद गर्ने सहमत जनाएपछि अहिले हसन काठमाडौंमा आएर दुई देशबीच सम्झौता गर्न लागेकी हुन ।

Leave A Reply

Your email address will not be published.