अजरबैजानमा आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै नेपाल

76

२८ कार्तिक,काठमाडौं । नेपालले अजरबैजानको बाकुमा आज जलवायु परिवर्तनसम्बन्धी एक विशेष सत्र सञ्चालन गर्दै छ ।

उक्त सत्रमार्फत नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुन लागेको हो ।
सत्रमा पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीबारे जानकारी दिइनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक हो ।

नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।
अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९० जारी छ ।

राष्ट्रपति पौडेलले हिजो उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

कात्तिक २६ सुरु भएको सम्मेलन मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।

Leave A Reply

Your email address will not be published.