आज १२ औँ राष्ट्रिय कर दिवस : सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान
काठमाडौँ स् आज राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।
आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो ।
आय कर, मूल्य अभिवृद्धि कर, भन्सार महसुललगायत करका नियमित स्रोत हुन् । अहिले कुल करदाताको सङ्ख्या ६२ लाख, ९४ हजार ८ सय २८ छ । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या २० लाख २७ हजार ६ सय ८२ र व्यक्तिगततर्फ ४२ लाख ६७ हजार १ सय ४६ छन् ।
आर्थिक वर्ष २०८०र८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब रुपैयाँ असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । जुन कुल राजस्व असुलीको ५० प्रतिशत हो । आन्तरिकतर्फ पनि सबैभन्दा धेरै आयकरको हिस्सा ४५ दशमलव ४० प्रतिशत रहेको छ ।
नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी २०५८ साल बैशाख २ गते विभागको स्थापना भएको थियो ।
सरकारले गत आर्थिक वर्षमा सर्वाधिक कर तिर्ने १६ करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई सम्मान गरेका हुन् ।
सरकारले विसं २०६९ सालदेखि कर दिवस मनाउँदै आएको छ ।
यी हुन् कर तिर्ने करदाता
सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फः नेपाल दूरसञ्चार कम्पनी ९नेपाल टेलिकम० निकाय
एकलौटी फर्मतर्फः सुर्ति ट्रेडर्स
सूचना प्रविधितर्फः कोडावतार टेक प्रालि
निर्यात कारोबारः डाबर नेपाल प्रालि
कृषि एवं पशुजन्यः पतञ्जली आयुर्वेद प्रालि
बैंक तथा वित्तीय संस्थाः नबिल बैंक लिमिटेड
स्वास्थ तथा शिक्षाः लुम्बिनी मेडिकल कलेज
पर्यटनः तारागाउँ रिजेन्सी
वस्तु व्यापारः भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाताः सिडियस एण्ड क्लियरिङ् लिमिटेड
ऊर्जाः भोटेकोसी पावर कम्पनी
रेमिटेन्सः सिटी एक्सप्रेस
व्यक्तिगत आयकरः राजबहादुर साह
मूअक समयमा तिर्नेमध्येः होङ्सी सिमेन्ट
५० करोड भन्दा धेरै कारोबार गर्नेमध्येः सोल्टी होटेल
- विशेष उद्योगः वरुण वेभरेज प्रालि