ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि रुससँगको युद्ध चाँडो अन्त्य हुने: युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की

65

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि रुससँगको युद्ध चाँडो अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएपछि ट्रम्पसँगको फोन वार्ताका क्रममा आफूसँग जेलेन्स्कीले “रचनात्मक आदानप्रदान“ भएको बताउँदै रुससँगको युद्ध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको हो । ट्रम्पको मुख्य प्राथमिकता युद्धको अन्त्य रहेको भन्दै उहाँले रुस र युक्रेन युद्धमा ट्रम्पको महत्वपुर्ण भुमिका रहने ठोकुवा समेत गर्नुभयो ।

यस वर्षको सुरुमा, अमेरिकी प्रतिनिधि सभाले ४ बिलियन बराबरको सैन्य सहायता प्याकेजलाई अनुमोदन गरेकोमा ट्रम्प राष्ट्रपति नियुक्त भएपछि आर्थिक सहायतामा वृद्धी हुने धारणा जेलेन्स्कीको छ ।

अमेरिका युक्रेनलाई सबैभन्दा ठूलो हतियार आपूर्ति गर्ने देश हो । अमेरिकी चुनावी अभियानको क्रममा राष्ट्रपति ट्रम्पले बारम्बार एक दिन युद्ध समाप्त गर्ने वाचा समेत गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.