गढीमाई मेलाको प्रचार प्रसारको लागि ठाउँ ठाउँमा हुडिङ बोर्ड लगाईयो

59

०६ मंसिर बारा

विश्व प्रसिद्ध गढीमाई मेलाको प्रचार प्रसारको लागि बिहिवार विभिन्न ठाउँमा हुडिङ बोर्ड लगाईएको छ ।प्रचार प्रसार उपसमितिले गढीमाई मेलाको प्रचार प्रसारको लागि हुडिङ बोर्ड ठाउँ ठाउँमा जडान गर्न सुरु गरेको छ । विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गते देखि सुरु भए पनि अहिले प्रचार प्रसारलाई तिब्र पारिएको छ ।

विश्व प्रसिद्ध गढीमाई मुल मेला मंसिर १७ गते देखि लिएर ३० गते सम्म लाग्ने भएकोले अहिले प्रचार प्रसार उपसमितिले प्रचारलाई तिब्रता दिएको छ । बिहिवार प्रचार प्रसार उपसमितिले ठोरी,पथलैया,बिरगंज लगाएतका ठाउँमा हुडिङ बोर्ड लगाएको छ । विश्व प्रसिद्ध गढीमाई मेलाको प्रचार प्रसारको लागि देशका विभिन्न स्थानमा हुडिङ बोर्ड लगाउने कार्यक्रम रहेको प्रचार प्रसार उपसमितिले जनाएको छ । कोशी प्रदेश को बिराटनगर ,कोशी ब्यारेज पूल र सिमावर्ती क्षेत्रमा हुडिङ बोर्ड जडान गर्न बाकी रहेको छ भने मधेश प्रदेशको जनकपुर,निजगढ,अमलेखगञ्ज ,बाग्मती पूल लगाएतका ठाउँमा हुडिङ बोर्ड जडान गर्न बाकी रहेको समितिले जनाएको छ ।

मंसिर ०१ गते देखि बिधिवत रुपमा सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेला अवलोकन गर्ने दर्शनार्थीहरुको भिड बढेको छ ।यश बर्षको गढीमाई मेलामा करिब ३ करोड दर्शनार्थीले मेलाको अवलोकन गर्ने गढीमाई मेला मुल ब्यवस्थापन समितिले जनाएको छ ।एसिया महादेशकै सबै ठूलो बलिदिने मेलाको रुपमा गढीमाई मेलालाई चिन्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.