मधेश विश्व बिद्यालय बनाउन ३२ विगहा जग्गा विश्वविद्यालयको नाममा आउने
वीरगञ्ज– लामो समयको प्रयासपश्चात सरकारको स्वामित्वमा रहेको पर्साका विभिन्न स्थानको जग्गा मधेश विश्वविद्यालयको नाममा आउने भएको छ ।
यही मंसिर १८ गते बुधवारका दिन जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बसेको बैठकले सरकारको स्वामित्वमा रहेको जग्गा मधेश विश्वविद्यालयको उपयोगमा दिने निर्णय गरेको हो ।
सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ को दफा १० बमोजिम सिफारिस समितिको बैठकले उक्त निर्णय गरेको मधेश विश्वविद्यालयका रजिष्टा र विजय कुमार यादवले जानकारी दिए । उनका अनुसार मधेश विश्वविद्यालयको स्थापनाका लागि लामो समयदेखि आधिकारीक रुपमा जग्गाको व्यवस्थापन हुँदै आएको थियो ।
पर्साको साविक बैरिया विर्ता गा।वि।स। दा।पुर वडा नम्बर ३, ७ र ८ मा अवस्थित विभिन्न कित्ता नम्बरको गरी जम्मा ३२ बीघा ५ कठ्ठा १७ धुर जग्गा मधेश विश्वविद्यालयले उपयोग गर्ने गरी सर्वसंवत निर्णय भएको हो ।
लामो समयको प्रयास र दौडधुप पछि सर्वसंवत रुपमा निर्णय भएको मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा। दीपक शाक्यले बताए । उनकाअनुसार उपयोगहिन अवस्थामा रहेको सरकारी जग्गा मधेश विश्वविद्यालयले प्रयोग गर्दा मधेश र समग्र देशको हितमा हुनेछ ।
मन्त्रीपरिषद्को बैठकबाट पारित भए लगत्तै मधेश विश्वविद्यालयको बृहत्तर योजनालाई अघि बढाउने प्रक्रियाको पनि थालनी गरिने प्रा।डा। शाक्यले बताए ।
सिफारिस समितिको बैठकमा जिल्ला समन्वय समिति पर्साका सदस्य महमद शेरे मुस्तफा, डिभिजन वन कार्यालय पर्साका वन अधिकृत मञ्जुर अहमद, कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका यज्ञराज उप्रेती, प्रमुख नापी अधिकृत राकेश कुमार झा, भूमीसुधार तथा मालपोत कार्यालयका सदस्य सचिव डमरु प्रसाद निरौला, पर्साका सहायक प्रमुख जिल्ला अधिकारीद्वय निशान राज गौतम, सुमन कुमार कार्की लगायतको उपस्थिती रहेको थियो ।