अमेरिकामा एक छात्राद्वारा आफ्नो साथी र शिक्षकलाई गोली हानी हत्या
अमेरिकामा एक १५ बर्षीया बालिकाले एक साथी र शिक्षकको गोली हानेर हत्या गरेकी छन्।
एक १५ वर्षीया किशोरीले सोमबार विस्कन्सिन स्कुलको कक्षा कोठामा गोली चलाएर साथी र शिक्षकको हत्या गरेकी हुन्। त्यहाँ दुई जनाको हत्या हुनुका साथै ६ जना घाइते भएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार विसकन्सिन प्रान्तको म्यडिसनस्थित एबन्डेन्ट लाइफ क्रिस्टियन स्कुलमा सोमबार बिहान कक्षा सुरू भएपछि १५ वर्षीया छात्राले अन्धाधुन्ध गोली चलाएकी थिइन् ।
२ जनाको मृत्यु र ६ जना घाइतेपछि छात्राले आफैमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको म्याडिसन प्रहरी प्रमुख शन बार्न्सले रोयटर्सलाई बताएका छन्।
गोली चलाउने छात्रा सामन्था भनेर चिनिने नटाली रूपनो रहेको पनि प्रहरी प्रमुख बार्न्सले बताएका छन्। घाइते ६ जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको र तीमध्ये २ जनाको अवस्था गम्भीर छ।