वीरगन्जका स्थानीय शिक्षक साहको लोकसेवाको किताब प्रकासित हुदैं

1,461

वीरगन्ज, माघ २३स् वीरगन्जका स्थानीय शिक्षक दिनानाथ साहको लोकसेवाको किताब प्रकासित हुनेभएको छ । लोकसेवाको सामान्यज्ञान बिगतको २०५४ साल देखि २०८० सम्मको पुरानो प्रश्नहरुको सकंलन साथै नयाँ अपडेट सहितको किताब प्रकासित हुनेभएको हो । बीरगंजको प्रसिद्ध आरजे समेत रहेका साहको दृष्टी जिके सुलुशन र ओलड ईज गोल्ड पनि प्राकाशनमा आएको हो । शिक्षा क्षेत्रमा बिगतको लामो समय बिताएका साहले बिधार्थीहरुलाई पठनपाठनमा सहज होस भन्ने उदेश्यले किताब प्रकाशनमा ल्याउन थालेको बताए।
उनले काठमांडौको भावना बुक्स हाउस प्राकाश्न द्धारा किताब प्रकासित हुनेभएको जानकारी दिए । उनले काठमाडौंको लेखक तिलाचन्द सापकोठा, आसमण उपाध्यय सहितको संयुक्त लगानीमा किताब प्रकासित हुने बताए । उनले भने नेपालको पहिलो किताब हो जुन २०५४ देखि २०८० सम्मकोे नयाँ अपडेट संकलन सहित बजारमा आउदैं छ । प्रकाशनको दिन देखि यो किताब बिधार्थीहरुको रोजाईमा पर्नेभएको समेत साहले बताए ।

Leave A Reply

Your email address will not be published.