कुर्मी सशक्तिकरण मंच पर्साद्वारा रामनवमीको पावन अवसरमा मोटर साइकल रैली सम्पन्न

26

 

चैत्र २४ , वीरगन्ज

कुर्मी सशक्तिकरण मंच पर्साले रामनवमीको पर्वको पावन अवसरमा आज बृहत मोटर साइकल रैली निकालेको छ। कुर्मी सेवा सदन बीरगंज २४ बाट बिहान ८ बजे रैली निकालीएको हो। आईतवार रामनवमीको शुभअवसरमा कुर्मी सेवा सदनमा प्रभु श्रीरामजीको पूजापाठ सम्पन्न गरी मोटरसाइकल रयालीको आयोजना गरीएको मंचका अध्यक्ष दीपक पटेलले बताए।

कुर्मी समुदाय श्रीरामजी वंशज भएको हुनाले श्रीरामजीको जन्मोत्सव रामनवमी पूजालाई धूमधामसंग मनाउने गरेको मंचका महासचिव अनुराग कुर्मीले जानकारी दिए। कुर्मी सशक्तिकरण मंच पर्साले विगत तिन वर्ष देखी रामनवमी पूजा महोत्सव मनाउदै आएको छ। सो महोत्सवलाई जारी राखदै आज बिहान कुर्मी सेवा सदनबाट बजागाजाको साथ निकालिएको बृहत मोटर साइकल रयाली पावर हाउस,घंटाघर,मकालू होटल ,रानीघाट हुदै पुन सदनमा पुगेर पूजाको प्रसाद ग्रहण गरी समापन ग़रीएको थियो।

हजारौको संख्यामा निसकेको मोटर साइकल रयालीमा संघीय सांसद वीना जसवाल,प्रदेश सांसद श्याम पटेल, रामनारायण कुर्मी,सुरेंद्र कुर्मी,शिव पटेल,मनोज चौधरी कुर्मी, लछुमन प्रसाद कुर्मी, रामरूप कुर्मी, पुरन कुर्मी,पूर्व वडा अध्यक्ष दसरत कुर्मी, संतोषानंद कुर्मी,लगायत कुर्मी सेवा सदन तथा कुर्मी ससक्तिकरण मंचका पदाधिकारीहरु,लगायत कुर्मी समुदायका अगुवा , युवाहरु र रामगढ़वा वासीको भव्य उपस्थिति रहेको थियो भने पूजामा बीरगंज रामगढ़वाका संतोष पटेल बेसेका थिए ।

Leave A Reply

Your email address will not be published.