९ दिने श्री विष्णु महायज्ञको वीरगंजमा भव्य कलश यात्रा
वीरगन्ज,२७ माघ
वीरगन्ज(१४ पिपरा स्थित वीरगन्ज चिनी मिल परिसरमा आइतबार देखि सुरु हुन लागेको श्री सीताराम नाम संकिर्तन महायज्ञ १०८ कुञ्च एंव ९ दिने श्री विष्णु महायज्ञको एकदिन पहिले शनिबार भव्य कलश यात्रा निकालिएको छ।
महायज्ञ व्यवस्थापन समिति पिपराको आयोजनामा निकालिएको भव्य कलश यात्राले वीरगन्जका विभिन्न टोलको परिक्रमा गर्ने क्रममा स्थानीयले स्वस्फूर्त रुपमा सहभागीता जनाएका थिए।
चिनी मिलको पशुपतिनाथ मन्दिर प्राङ्गणमा आइतबारदेखि विधिवत रुपमा सुरु हुने महायज्ञको उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गर्ने कार्यक्रम छ।
आइतबारदेखि विधिवत सुरु भई फागुन८ गतेसम्म चल्ने महायज्ञमा प्रमुख प्रवचक तथा कथा वाचक साध्वी लक्ष्मी माता रहने महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास महराज९पगला बाबा० ले जानकारी गराए ।
उनका अनुसार महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गर्ने कार्यक्रम छ ।महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका कार्यक्रमहरुपनि हुनेछन्।
९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्था गरिएको महायज्ञ व्यवस्थापन समितिले जनाएको छ ।