२९ वैशाख वीरगन्ज , आनन्द पटेल
वीरगन्ज महानगरपालिका वडा नं २३ स्थित माउन्ट हर्मन माविमा अध्ययनरत विद्यार्थीहरुले आईतबार भव्य रूपमा विज्ञान प्रदर्शनी गरेका छन । कक्षा नर्सरी देखि लिएर कक्षा दश (१०) सम्मका विद्यार्थीहरुले आफूले बनाएका विभिन्न विज्ञानका उपकरणहरू विद्यालयमा प्रदर्शन गरेका छन ।
बुद्ध जयन्तीको अवसरमा स्कूलको आफ्नै प्राङ्गणमा आयोजना गरिएको विज्ञान प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुले आधुनिक मिसाइल, सोलार सिस्टम, इलेक्ट्रिक बोट, डाईजेस्टिङ सिस्टम , माइक्रो स्कोप लगायतका विज्ञानका सामग्रीहरू प्रदर्शन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष अवध किशोर कुशवाहाले अमलाको बोटमा पानी हालेर कार्यक्रमको समुद्धघाटन गरेका थिए । साथै उनले विद्यार्थीहरूले बनाएका विज्ञानका विभिन्न समाग्रीबाट आफू धेरै प्रभावित भएको बताए । उनले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरू एकदमै मिहिनेती र ज्ञानी रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथी एन्जल वर्ल्ड स्कूलका सञ्चालक राम श्रेष्ठले विद्यार्थीहरूको खुलेर प्रशंसा गरेका थिए । उनले यस विद्यालयका विद्यार्थीहरु साच्चिकै मिहिनेती र पढाईमा अबल रहेको बताए। आज उनीहरूले बनाएको सामग्रीहरु धेरै राम्रा र अरु विद्यालयलाई चुनौती दिने खालको रहेको बताए ।
कार्यक्रममा प्रथम , दुईतिय र तेस्रो स्थान हासिल गरेका विद्यार्थीहरुलाई विशेष कार्यक्रम गरेर सम्मानित गरिने स्कूलका सञ्चालक तथा प्रधानाध्यापक सन्तोष गुप्ताले जानकारी दिए । साथै उनले कार्यक्रमलाई सफल बनाउनमा अथक परिश्रम गर्ने विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक , जनप्रतिनिधि तथा सञ्चारकर्मीहरुलाई धन्यबाद दिए । उनले आउने दिनमा अझ व्यवस्थित तरिकाले फरक ( फरक किसिमका कार्यक्रमहरूको आयोजना गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रमममा निर्णायकको भूमिकामा एन प्याब्सन पर्साका कोषा अध्यक्ष राजेश लिम्बू, शिक्षक पंकज पाण्ड रहेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयकी छात्रा नन्दनी कुमारी दासले गरेकी थिइन् ।