अवधेशकुमार झाको नेतत्वमा जनमत प्रेस संगठनको तदर्थ समिति घोषणा
जनमत पार्टीले प्रेस संघ बनाएको छ। आइतबार बसेको पार्टी सचिवालय बैठकको निर्णयानुसार सप्तरीका अवधेशकुमार झाको नेतत्वमा जनमतले प्रेस संगठनको तदर्थ समिति घोषणा गरेको हो। प्रेस जनमत संघ जनमत पार्टीको शुभेच्छुक संगठनको रुपमा रहने अध्यक्ष सिके राउतले जानकारी दिएका छन्।
साथै संघको जिल्ला र प्रादेशिक समितिहरू पनि क्रमशः गठन हुने प्रक्रियामा रहेको उनले बताएका छन्। नवगठित प्रेस संघमा रामनारायण विश्वास सहअध्यक्ष चयन भएका छन्। ललनकुमार मण्डल सचिव चुनिएका छन्। जनमत प्रेस संघ २१ सदस्यीय रहेको अध्यक्ष राउतले बताएका छन्।