भारतको गान्धी देखि नेपालको बुद्धसम्म शान्ति अभियान शुरु गर्ने तयारी

507

१ फाल्गुन, वीरगंज

एकता परिषद् भारत ,राष्ट्रिय भुमि अधिकार मंच नेपाल ,नेपाल एकता महिला समाजसामुदायिक आत्मनिर्भर सेवा केन्द्रले फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा विश्व सामाजिक मंच कार्यक्रम मार्फत विश्व शान्ति अभियानको संदेश फैलाउने योजना रहेको याम बहादुर दोर्जीले पत्रकार सम्मेलनमा बताएका छन् । उनले भने अहिले भुमि र प्राकृति स्रोत साधन माथि कब्जा जमाउने उदेश्यले एकले अर्कोलाई सुइकार्य नगरेको अवस्थामा भारतको गान्धीबादीको सिद्धान्त देखि लिएर नेपालको गौतम बुद्धको अहिङसाको संदेश विश्वभर फैलाउने उदेश्यले यो शान्तिको अभियान शुरुआत गर्न लागेको बताए । २५० देशबाट नेपाल आउने भएकोले यो शान्तिको अभियान विश्वभर पुराउने हाम्रो लक्ष्य रहेको बताए । अहिले सीमान्तीकृत मानिसका लागि भुमि आवास,प्राकृति स्रोतहरुमा पहुँच र सुनिश्चित गर्ने यो आन्दोलनको एक हिसा भएकोले अहिसात्मक सामाजिक आन्दोलन समाज रुपान्तरणको प्रमुख आधार रहेकोले विश्व सामाजिक मंचले भुमि अधिकार शान्ति र सामाजिक न्यायको लागि आवाज उठाउने काम गरेको सो पत्रकार सम्मेलनमा महिला एकता समाजका मिना बज्राचार्यले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.