सचेत युवाहरू निरन्तर जनमतमा प्रवेश गर्दै
असार ०५ गते,
वीरगन्ज महानगरपालिका वडा नम्बर -१६ (नगवा) का सक्रिय समाजिक युवा तथा नगवा युवा समाजका पुर्व अध्यक्ष किरण चौरसिया र अनिल यादव आज जनमत पार्टीको सदस्यता ग्रहण गरि बिधिवत रुपमा जनमत परिवारमा आबद्ध भएका छन् । वहाँहरुलाई जनमत पार्टीका नेता तथा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कु.सिहले सदस्यता प्रदान गरेर जनमत पार्टीमा प्रवेश गराएका छ। जनमत पार्टीको कौशल नेतृत्व , मुख्यमन्त्रीको कार्य शैलीले प्रभावित भएर जनमत पार्टीमा आबद्ध भएको नव प्रवेशी युवा नेताहरूले बताए । यी युवाहरुको आगमनले मधेस आन्दोलनको गढ मानिने नगवामा जनमत पार्टी थप बलियो हुने जिल्ला अध्यक्ष ओमप्रकश सरार्फले बताए र छिटै नगवामा बृहत पार्टी प्रवेश कार्यक्रम हुने पनि अध्यक्ष सरार्फको योजना छ। कार्यक्रममा जिल्ला अध्यक्ष सरार्फ संगै महानगर अध्यक्ष महादेव शर्माको उपस्थिति रहेको थियो ।