शिक्षा मात्र नभई धार्मिक क्षेत्रमा पनि योगदान गर्दै श्रीवास्तव

50

समाचार

बीरगंज महानगरपालिका–१० स्थित माउन्ट मकालु इङलिस बोडिङ स्कुलका प्रिन्सिपल तथा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले आइतबार पर्सा, पटेवा सुगौली गाउँपालिका–१ मा अवस्थित श्री श्री १००८ श्री दुधेश्वरनाथ महादेव भाठाधामलाई चारवटा सिलिङ पंखा हस्तान्तरण गरेका छन्।

अशोक बाटिका र स्कुलको संयुक्त सहयोगमा हस्तान्तरण गरिएको पंखामध्ये एक थान बैष्णुदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र श्रेष्ठको योगदान रहेको थियो।

हस्तान्तरण कार्यक्रममा श्रीवास्तवले शिक्षा मात्र नभई धार्मिक क्षेत्रमा पनि योगदान दिन आफू सधैं तत्पर रहेको उल्लेख गर्दै अन्य व्यक्तिहरूलाई पनि यस्ता पुन्य कार्यमा सहभागिता जनाउन आग्रह गरे।

श्री श्री १००८ श्री दुधेश्वरनाथ महादेव भाठामेला समितिका पत्रकार अध्यक्ष शम्भु महतो थारू मार्फत पंखा बुझाइएका थिए। थारूले इच्छुक दाताहरूलाई आर्थिक वा वस्तुगत सहयोगका लागि आफूलाई प्रत्यक्ष सम्पर्क गर्न अपिल गरे।

कार्यक्रममा आइडीएल इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल सुमित कलवारसहित विभिन्न व्यक्तिहरूको उपस्थिति थियो।

 

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.