वीरगञ्जमा पहिलो पटक १५१ मिटर लामो चुनरी यात्रा सम्पन्न
वीरगञ्ज ।
विश्व हिन्दु परिषद् नेपाल वीरगञ्ज शाखाको आयोजनामा सोमबार माईस्थान स्थित प्रमुख शक्तिपीठ गहवामाई मन्दिरबाट चुनरी यात्रा भव्यताका साथ सम्पन्न भएको छ।
नवरात्रको अवसरमा आयोजित यस धार्मिक यात्रामा १५१ मिटर लामो नवदुर्गा भवानीको चुनरी १,५०० भन्दा बढी महिला भक्तजनले काँधमा बोकेर नगर परिक्रमा गरेका थिए। गहवामाई मन्दिरबाट सुरु भएको यात्रा नगरका विभिन्न मार्ग हुँदै पुनः मन्दिरमै पुगेर सम्पन्न गरिएको थियो।
चुनरी यात्रामा सहभागी भक्तजनहरूले देवीको जयघोष गर्दै नगर परिक्रमा गर्दा वातावरण पूर्णतया धार्मिक र सांस्कृतिक रंगले रंगिएको थियो। महिलाहरू परम्परागत पहिरनमा सजिएका थिए भने यात्रामा स्थानीय बासिन्दा र सर्वसाधारणले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए।
आयोजक समितिका अनुसार, चुनरी यात्राको उद्देश्य हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै समाजमा धार्मिक एकता, शान्ति र समृद्धिको सन्देश फैलाउनु रहेको हो।
यसअघि वीरगञ्जमा यति लामो चुनरीसहितको यात्रा पहिलो पटक आयोजना गरिएको हो, जसलाई स्थानीय समाज र भक्तजनले ऐतिहासिक कदमका रूपमा लि
एका छन्।