हिन्दु स्वयंसेवक संघद्वारा प्रबुद्ध नागरिक गोष्ठी तयारी बैठक सम्पन्न

58

वीरगन्ज, पर्सा ।

हिन्दु स्वयंसेवक संघका माननीय संघचालक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिनाको सान्निध्यमा वीरगन्जमा “हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान” अन्तर्गत बारा र पर्सा जिल्लास्तरीय प्रबुद्ध नागरिक गोष्ठीको तयारीका विषयमा विशेष छलफल तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षाविद्, धार्मिक अगुवा, युवा प्रतिनिधि तथा नागरिक समाजका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफलमा अभियानका उद्देश्य, हिन्दु समाजमा चेतना र जागरणको आवश्यकता, राष्ट्रिय एकता तथा संस्कार संरक्षणका विषयमा विस्तृतरूपमा विचार–विमर्श गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संघचालक तिम्सिनाले हिन्दु मूल्य–मान्यता र राष्ट्रिय पहिचानको संरक्षणका लागि नागरिक स्तरमै चेतना फैलाउन सबैलाई आह्वान गर्नुभयो। उहाँले आगामी प्रबुद्ध नागरिक गोष्ठीलाई सफल र प्रभावकारी बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

छलफलका क्रममा बारा र पर्सा जिल्लामा हुन गइरहेको प्रबुद्ध नागरिक गोष्ठीको कार्यक्रम रूपरेखा, संयोजन समिति गठन र प्रचार–प्रसार रणनीति सम्बन्धी विस्तृत योजना तय गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.