पोखरियाको बिशाल हनुमान मन्दिरमा उपमेयर ठाकुरद्वारा १०१ फिटको झण्डा निर्माण
वीरगन्जः पोखरिया नगरपालिकामा रहेको विशाल हनुमान मन्दिरको प्रांगणमा १०१ फिट अग्लो टावरमा हनुमान जीको झण्डा निर्माण गरिएको छ । नव निर्मित झण्डाको उपमेयर रुवी कुमारी ठाकुरले पुजापाठ गरि उद्घाटन गर्नुभयो । उपमेयर ठाकुरको योजनाबाट करिब ६ लाखको लागतमा सो झण्डा निर्माण गरिएको हो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु, वडा नम्बर ५ का वडा अध्यक्ष महिन्द्र महतो चाई, वडा नम्बर १०का वडा अध्यक्ष सोनालाल साह वडा नम्बर ९ का वडा अध्यक्ष नौसाद आलम र पोखरीया नगरपालिका बिजय कुमार झा र नेकपा एमालेका नगर कमिटीका अध्यक्ष बिन्ध्याँचल ठाकुर ,स्थानिय नेता शंकर प्रसाद यादव बुनी राउत कुर्मी, सुनित साह गोढ,रामेश्वर प्रसाद चोहान ,योगेन्द्र प्रसाद रौनियार शिक्षक रामबाबुप्रसाद चौहान नन्दलाल पटेल, पारस ठाकुर लगायतको उपस्थिती थियो ।