वीरगंजमा रामनवमीका अवसरमा आज गहवा माई मन्दिरमा भव्य महाआरती हुने

62

वीरगंज, १३ चैत्र

मधेश प्रदेशको प्रसिद्ध धार्मिक स्थल श्री गहवा माई मन्दिर प्राङ्गणमा आज रामनवमी को पावन अवसरमा विशेष ‘महाआरती’ कार्यक्रम आयोजना हुने भएको छ। श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै श्रद्धालुहरूलाई भव्य सहभागिताका लागि अपील गरेको छ।

मन्दिरको मुख्य प्रवेशद्वार अगाडि आयोजना गरिने उक्त आध्यात्मिक अनुष्ठानले वीरगंजको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। समितिका अनुसार महाआरती आज साँझ ठीक ६:३० बजेदेखि सुरु हुनेछ।

🙏 श्रद्धालु र सञ्चारकर्मीलाई आग्रह_

समितिका सचिव लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता) र विशेष अनुरोधकर्ता डा. पुरुषोत्तम दुवेले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन आम श्रद्धालु तथा सञ्चारकर्मीहरूलाई हार्दिक निमन्त्रणा गरेका छन्।

उनीहरूले यस पवित्र अवसरमा सहभागी भई पुण्य लाभ लिन आग्रह गर्दै कार्यक्रमको समाचार सम्प्रेषण तथा व्यापक प्रचार–प्रसारका लागि सञ्चारकर्मीहरूलाई विशेष अनुरोध गरेका छन्।

कार्यक्रम विवरण:

स्थान: श्री गहवा माई मन्दिर प्राङ्गण, वीरगंज–६

मिति: २०८२ चैत्र १३ गते (शुक्रबार)

समय: साँझ ६:३० बजेदेखि

समितिले भक्तजनहरूको सहजताका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गरिसकेको जनाउँदै सबैको सक्रिय सहभागिताले कार्यक्रम अझ भव्य बन्ने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.