सिमरा विमानस्थल झडप : बुधबार सबै उडान रद्द
सिमरा विमानस्थलमा बुधबारका लागि सबै उडान रद्द भएका छन्। बिहानैदेखि विमानस्थलमा जम्मा भएका जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो।
विमानस्थल आसपासको अवस्था तनावग्रस्त भएसँगै आजका सबै उडान बन्द गरिएको बुद्ध एयरलाइन्सले जनाएको छ।…