Browsing Category
सामाचार
नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्वमा निर्मला शर्मा
काठमाडौँ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको हो । उनले निकटम प्रतिद्वन्द्वी रमेश…
पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पुरा
काठमाडौँ । यही मंसिर २८ गते भोलि हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।…
पर्सा ल्याएका रास्वपाका अध्यक्ष रवि लामिछानेको बयान सुरु
वीरगन्ज– सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पर्सा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछानेको बयान सुरू भएको छ। सरकारी वकिलको कार्यालय पर्सामा उनको बयान सुरू भएको हो।
बयानका लागि लामिछानेलाई बिहान…
आगामी पौष १ गते देखि वीरगञ्ज भन्सारमा जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय
भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दैनिक थप दुई घण्टा वीरगञ्जका दुवै भन्सार कार्यालयको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पौष १ गतेदेखि…
भुटानी राजा वाङचुक काठमाण्डौमा
काठमाण्डौ – भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक अनौपचारिक भ्रमणको क्रममा आज बिहान काठमाण्डौ आइपुग्नु भएको छ ।
उहाँलाई परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत…
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्य गर्न चीनलाई प्रधानमन्त्री ओलीको…
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् ।
चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका…
बालविवाह न्यूनिकरणका लागि प्रमुख जिल्ला अधिकारीलाई नागरिक अभियानको ज्ञापनपत्र
वीरगंज, १६ मंसिर
जवाफदेहिताका लागि नागरिक अभियानले आज पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बालविवाह न्यूनिकरणका लागि पहल गर्न भन्दै ज्ञापन पत्र बुझाएको छ । बाल विवाहले बालबालिका र किशोरकिशोरीको स्वास्थ्य तथा भविष्यमा निम्त्याउने…
स्वर्गीय नरेश सराफको दोश्रो स्मृति सभा सम्पन्न, २१ हजार नगद सहित पत्रकार मनोज पटेल सम्मानित
मंसिर १६, वीरगन्ज आनन्द पटेल
स्वर्गीय नरेश सराफको दोश्रो स्मृति सभा तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम आईतबार वीरगन्ज स्थित रेडियो वीरगञ्जको प्राङ्गणमा सम्पन्न भएको छ । यस वर्षको नरेश स्मृति पुरस्कार समाजवादी प्रेस संगठन नेपालका…
ठोरीमा आज अटो सेवा बन्द
१४ मंसिर, ठोरी ९पर्सा० । ठोरी गाउँपालिका क्षेत्रमा शुक्रबार दिनभर सम्पुर्ण अटो सेवा बन्द भएका छन्। ठोरीका एक जना अटो व्यवसायीको निधन भएकोले शोक मनाउन अटो सेवा बन्द गरिएको हो ।
बन्दका कारण ठोरीका र ठोरी बाहिरबाट ठोरी भित्रीने सम्पुर्ण अटो…
आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा…