‘अक्षरारम्भ’ अन्तरविद्यालय प्रतियोगितामा वक्तृत्वकलातर्फ जीएचपी र वादविवादमा डीपीएस प्रथम

64

वीरगन्ज २८।

वीरगञ्जस्थित जी.एच.पी. माध्यमिक विद्यालयको आयोजनामा आइतबार ‘अक्षरारम्भ’ अन्तरविद्यालय वक्तृत्वकला तथा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा वीरगञ्जका विभिन्न १२ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूमा आत्मविश्वास, प्रभावकारी सञ्चार सीप, आलोचनात्मक सोच तथा सिर्जनात्मक अभिव्यक्तिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।

सार्वजनिक वक्तृत्वकला प्रतियोगितामा जी.एच.पी. माध्यमिक विद्यालय प्रथम, डीपीएस स्कुल दोस्रो, विद्या सदन माध्यमिक विद्यालय तेस्रो र जीवन ज्योति सेकेन्डरी स्कुल चौथो भएका छन्।

त्यसैगरी, वादविवाद प्रतियोगितामा डीपीएस सेकेन्डरी स्कुल प्रथम, कादम्बरी सेकेन्डरी स्कुल दोस्रो, जीवन ज्योति स्कुल तेस्रो र जी.एच.पी. सेकेन्डरी स्कुल चौथो भएका छन्।

प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालय र विद्यार्थीहरूलाई प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो।

कार्यक्रम वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्य तथा जी.एच.पी. माध्यमिक विद्यालयकी प्रिन्सिपल जगप्रीत सिंह कौरको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा पुरन प्रधान, लालबहादुर गुरुङ, शिव गुप्ता, मीनाक्षी गुप्ता, लालबाबु पटेललगायतको उपस्थिति थियो। प्रतियोगिताको निर्णायक मण्डलको भूमिका टोस्टमास्टर्स इन्टरनेशनलले निर्वाह गरेको थियो।

Leave A Reply

Your email address will not be published.