जिल्ला प्रहरी कार्यालय पर्सालाई वीरगञ्ज लेडिज सर्कलद्वारा ६३०पिस सेनेटरी प्याड हस्तान्तरण

51

वीरगञ्ज, २९ वैशाख आनन्द पटेल।

सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज लेडिज सर्कलले जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षलाई ६३० पिस सेनेटरी प्याड हस्तान्तरण गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा संस्थाले महिला तथा किशोरीहरूको स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै उक्त सामग्री सहयोगस्वरूप उपलब्ध गराएको हो। हस्तान्तरण गरिएको सेनेटरी प्याड महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षमार्फत आवश्यकतामा रहेका महिला तथा किशोरीहरूलाई वितरण गरिने जनाइएको छ।

कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप राज पाठकलगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले Birgunj Ladies Circle ले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो कार्य उदाहरणीय र प्रेरणादायी भएको बताएका थिए। यस्ता सहयोगमूलक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै महिला स्वास्थ्य र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो।

Leave A Reply

Your email address will not be published.