झापा–५ मा बालेनको उम्मेदवारी दर्ता, ओलीसँग कडा प्रतिस्पर्धा

33

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

बालेनले आज निर्वाचन कार्यालय झापा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्। झापा–५ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र मानिन्छ, जहाँबाट उनी पटक–पटक निर्वाचित हुँदै आएका छन्।

एमाले अध्यक्ष ओलीले पनि आजै मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएपछि झापा–५ को राजनीतिक समीकरण थप रोचक बनेको छ।

यस निर्वाचनलाई देशभर चासोका साथ हेरिएको छ, जहाँ नयाँ र पुराना राजनीतिक धारबीच कडा टक्कर हुने अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.