वीरगञ्जमा विपन्न परिवारलाई रास्वपा नेता चौधरीको सहयोग

303

वीरगञ्ज, २६ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  नेता एवं समाजसेवी बृजेश्वर चौधरीले वीरगञ्जमा बसोबास गर्दै आएको एक अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्।

विपन्न परिवारकी छोरीको विवाह नजिक आएको जानकारी पाएपछि चौधरीले चामल, दाल, तेल लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरेर आर्थिक सहयोग गरेका हुन्।

चौधरीले समाजसेवामा सक्रिय रहनु पनि जरुरी भएको बताए, “राजनीति त हुँदै गइरहेको छ, तर त्यससँगै समाज सेवामा पनि हामी सबैले हातेमालो गर्नुपर्छ। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत पुग्न सक्छ।”

सहयोग प्राप्त गरेको परिवारले चौधरीप्रति आभार व्यक्त गरेका छन्। साथै, उनले विवाह हुन लागेको बहिनीको दाम्पत्य जीवन सुखमय र सफल होस् भनी प्रार्थना गरेका छन्।

स्थानीयहरूले चौधरीको सहयोगी कार्यको प्रशंसा गर्दै, यस्ता सामाजिक कामहरूले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका छन्।

Leave A Reply

Your email address will not be published.