वीरगञ्जमा मानव अधिकार शिक्षा तथा ‘राइट्स फर राइट्स’ कार्यक्रम सम्पन्न

60

वीरगञ्ज । मानव अधिकार, मौलिक अधिकार तथा नागरिकको अधिकार संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वीरगञ्जमा मानव अधिकार शिक्षा (HRE) तथा ‘राइट्स फर राइट्स’ (W4R) कार्यक्रम सम्पन्न भएको छ।

एम्नेस्टी इन्टरनेसनल नेपाल समूह १६, वीरगञ्जको आयोजनामा शुक्रबार हिमाल इन्स्टिच्युट अफ हेल्थ साइन्सको भवनमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रशिक्षक रजनीश झाले सहभागीहरूलाई मानव अधिकार, मौलिक अधिकार, यौन उत्पीडन तथा ‘राइट्स फर राइट्स’ अभियानका विभिन्न विषयमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षणका क्रममा ल्यापटप तथा डिजिटल माध्यमको प्रयोग गरी मानव अधिकार सम्बन्धी विषयवस्तु प्रस्तुत गरिएको थियो। सहभागीहरूलाई मानव अधिकारको महत्त्व, अधिकारको संरक्षण तथा अधिकार उल्लङ्घन विरुद्ध आवाज उठाउनुपर्ने आवश्यकताबारे जानकारी गराइएको थियो।

कार्यक्रममा मानव अधिकारसँग सम्बन्धित प्रतिनिधि तथा एम्नेस्टी इन्टरनेसनलका सदस्यहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार कार्यक्रममा करिब ४० जना सदस्यहरूको सहभागिता थियो।

मानव अधिकारप्रति नागरिकको सचेतना बढाउनुका साथै अधिकारको संरक्षण र प्रवर्द्धनमा नागरिकको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.