परवानीपुर–५ बहुअरीमा पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रम सम्पन्न
बारा, ०५ जेष्ठ आनन्द पटेल ।
परवानीपुर गाउँपालिका पशु सेवा शाखाद्वारा लम्पी स्किन रोग (LSD) विरुद्ध गाई–भैँसीमा खोप अभियान सञ्चालन गरिएको छ। गाउँपालिका वडा नं. १ देखि ५ सम्म सञ्चालन गरिएको अभियान अन्तर्गत सोमबार वडा नं. ५ बहुअरीमा विशेष कार्यक्रम आयोजना गरिएको हो।
श्री रामेश्वर साह कलवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशु सेवा शाखाका प्राविधिक टोलीले गाई–भैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाएका थिए। कार्यक्रममा पशु शाखा प्रमुख कृष्णा कुमार चौरसिया, प्राविधिक अनिल कुमार मण्डल, सिपाहिलाल साह, विवेक कुमार गुप्ता तथा जयराम रामलगायतको सहभागिता रहेको थियो।
पशु सेवा शाखाका अनुसार अभियान अन्तर्गत आज १७२ जना कृषकका जम्मा ९८५ वटा पशुमा खोप लगाइएको छ। लम्पी स्किन रोगबाट पशुधनलाई सुरक्षित राख्न तथा किसानलाई आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।
स्थानीय कृषकहरूले गाउँपालिकाद्वारा सञ्चालन गरिएको खोप अभियानलाई प्रभावकारी तथा उपलब्धिमूलक कदमको रूपमा लिएका छन्।