पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको घरदैलो अभियान तीव्र, युवादेखि सर्वसाधारणसम्म बढ्दो आकर्षण

157

माघ ९, वीरगन्ज

पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका युवा नेता रूपेश पाण्डेले चुनावी भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। उम्मेदवारी दर्तापछि पाण्डे गाउँ–टोलसम्म पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै सक्रिय रूपमा चुनावी प्रचार–प्रसारमा जुटिरहेका छन्।

स्थानीय विकास, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणलाई मुख्य एजेन्डा बनाएर मैदानमा उत्रिएका पाण्डेले जनताको समस्या ध्यानपूर्वक सुन्ने र समाधानका ठोस योजना प्रस्तुत गर्ने शैली अपनाएका कारण जनस्तरमा सकारात्मक सन्देश प्रवाह भइरहेको छ। व्यवसायिक अनुभव र संगठनात्मक क्षमताका कारण पाण्डे व्यवहारिक, परिणाममुखी र भरोसायोग्य नेताका रूपमा स्थापित हुँदै गएको स्थानीयको भनाइ छ।

यस निर्वाचन क्षेत्रमा कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, नेकपाबाट छोटेलाल यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमाकान्त चौरसिया तथा राप्रपाबाट नवीनकुमार सिंह उम्मेदवार रहेका छन्। यद्यपि, एमाले उम्मेदवार पाण्डेप्रति युवापुस्तादेखि विभिन्न वर्ग र समुदायमा आकर्षण बढ्दै गएको देखिन्छ।

घरदैलो अभियानका क्रममा स्थानीय मतदाताले विकासप्रतिको स्पष्ट दृष्टिकोण, इमानदार नेतृत्व र राजनीतिक स्थायित्वको पक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन्। नेकपा एमालेले अघि सारेको राष्ट्रिय नीति, सुशासन र समृद्धिको एजेन्डालाई स्थानीय आवश्यकतासँग जोडेर प्रस्तुत गरिरहेका पाण्डेको अभियानले पर्सा–३ को चुनावी माहोललाई थप रोचक बनाएको छ।

बढ्दो जनसमर्थन र सक्रिय चुनावी उपस्थितिले नेकपा एमालेका समर्थक तथा नेता–कार्यकर्ताहरू पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा जितप्रति आशावादी देखिएका छन्।

Leave A Reply

Your email address will not be published.