प्याप्सन जुनियर फुटबल : गुरुकुल एकेडेमी १–० विजयी, युहान राई ‘म्यान अफ द म्याच’
वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति पर्साको आयोजनामा सञ्चालन भइरहेको जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज वीरगञ्जमा सम्पन्न खेलमा गुरुकुल एकेडेमी ले सशक्त प्रदर्शन गर्दै गोल्डेन फ्युचर स्कुल लाई १–० गोल अन्तरले पराजित गरेको छ।
निर्धारित समयमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा देखिए पनि गुरुकुल एकेडेमीले खेलको दोस्रो हाफमा निर्णायक गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। खेलभरि उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रस्तुत गरेको गुरुकुल टोलीको जितमा खेलाडी युहान राई ले महत्वपूर्ण योगदान पुर्याएका थिए। उहाँको उत्कृष्ट प्रदर्शनकै कारण उहाँलाई खेलको ‘म्यान अफ द म्याच’ घोषित गरिएको हो।
उक्त खेलले प्रतियोगितामा थप रोमाञ्चकता बढाएको छ भने विद्यालयस्तरीय खेलकुदको विकास, अनुशासन र खेलभावना अभिवृद्धिमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्। आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र उत्साहजनक हुने अपेक्षा गरिएको छ।