ब्रह्मस्थानमा अन्धकार हटाउन बृजेश्वर प्रसाद चौधरीको ११० मिटर तार सहयोग

58

जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिका–५, मधुवाहा गाउँस्थित ब्रह्मस्थानमा विद्युत् सेवा सञ्चालनका लागि स्थानीय बृजेश्वर प्रसाद चौधरीले विद्युत् तार सहयोग गरेका छन्।

मधुवाहा गाउँको पश्चिमपट्टि रहेको हनुमान मन्दिरदेखि दक्षिणतर्फ अवस्थित ब्रह्मस्थानसम्म विद्युत् सेवा विस्तार गर्न करिब १०५ मिटर तार आवश्यक पर्ने भएपछि चौधरीले आफ्नो तर्फबाट ११० मिटर विद्युत् तार उपलब्ध गराएका हुन्।

पछिल्ला केही हप्तादेखि विद्युत् तारको अभावमा उक्त ब्रह्मस्थानमा विद्युत् सेवा अवरुद्ध हुँदै आएको थियो। स्थानीय स्तरमा समस्या समाधान हुन नसकेपछि आफूले व्यक्तिगत पहलमा तार उपलब्ध गराएको चौधरीले बताएका छन्।

उपलब्ध गराइएको तार जडान भएपछि ब्रह्मस्थानमा पुनः विद्युत् सेवा सञ्चालन भई उज्यालो हुने अपेक्षा गरिएको छ।

सामाजिक तथा धार्मिक स्थलमा देखिएको समस्याको समाधानका लागि व्यक्तिगत रूपमा सहयोग गरेको भन्दै चौधरीको पहललाई सकारात्मक रूपमा लिइएको छ। उनले ब्रह्मबाबाले सबैको रक्षा गरून् भन्ने कामना समेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.