अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त वीरगञ्जबाट पक्राउ

68

वीरगञ्ज । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार निवासी ३० वर्षीय विकास शर्मा रहेका छन्। अदालतले उनलाई उक्त मुद्दामा २५ वर्ष कैद सजाय सुनाएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शर्मा २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए। फरार सूचीमा रहेका उनलाई विशेष सूचनाको आधारमा आइतबार वीरगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बहादुर बस्नेतले पक्राउ परेका शर्मालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गर्ने तयारी भइरहेको जानकारी दिए।

प्रहरीले फरार अभियुक्तहरूको खोजी अभियानलाई थप प्रभावकारी बनाइने पनि जनाएको छ।

Leave A Reply

Your email address will not be published.