जगरनाथपुरमा सन्तोष कुमारद्वारा विवाहका लागि खाद्यान्न सहयोग

94

१४ वैशाख । पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित एक अति विपन्न तथा असहाय दलित बिहेवारी परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ। सामाजिक संवेदनशीलता र मानवीय भावनालाई आत्मसात गर्दै गरिएको उक्त सहयोग स्थानीय स्तरमै प्रशंसनीय कार्यका रूपमा लिइएको छ।

स्थानीय पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता, वडा नं. २ जानकीटोल निवासी सन्तोष कुमारले २ बोरा चामल, १ बोरा आलु तथा १ सानो बोरा प्याज लगायतका खाद्यान्न सामग्री प्रदान गर्नुभएको हो। आर्थिक अभावका कारण विवाह सम्पन्न गर्न कठिनाइ भोगिरहेको परिवारलाई लक्षित गरी गरिएको यस सहयोगले विवाह कार्यलाई केही सहज बनाउने अपेक्षा गरिएको छ।

“थोरै भए पनि बहिनीको विवाहमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो सामग्री उपलब्ध गराइएको हो,” सहयोगदाता सन्तोष कुमारले बताउनुभयो। सो अवसरमा समाजसेवी बृजेश्वार चौधरीको पनि उपस्थिति रहेको थियो ।

स्थानीय बासिन्दाहरूले यस्तो मानवीय कार्यको सराहना गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक पहलहरू निरन्तर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। सहयोगदाता सन्तोष कुमारप्रति कृतज्ञता व्यक्त गर्दै, उहाँको यो योगदानलाई समुदायले उच्च सम्मानका साथ स्मरण गरेको छ।

Leave A Reply

Your email address will not be published.