वीरगञ्ज चिनी कारखानाको ‘हत्या’ भएको रहबर अन्सारीको आरोप

62

२२ वैशाख वीरगञ्ज — उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी ले वीरगञ्ज चिनी कारखाना योजनाबद्ध रूपमा बन्द गराइएको भन्दै गम्भीर आरोप लगाएका छन्।

मङ्गलबार उद्योग मन्त्री र मन्त्रालयका सचिवलाई ध्यानाकर्षण गराउँदै उनले कारखाना बन्द हुनुमा चलखेल र स्वार्थ समूहको भूमिका रहेको दाबी गरे।

अन्सारीले कारखानालाई जानाजानी सिध्याइएको टिप्पणी गर्दै भने, “वीरगञ्ज चिनी कारखानाको हत्या भएको हो, यसका हत्याराहरू अहिले पनि बजारमै खुलेआम घुमिरहेका छन्।”

उनले उद्योग बन्द हुँदा हजारौं श्रमिक, किसान तथा स्थानीय व्यवसायी प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै कारखाना पुनः सञ्चालनका लागि सरकार गम्भीर बन्नुपर्ने बताए। साथै, कारखाना बन्द गराउने प्रक्रियामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न पनि उनले माग गरेका छन्।

अहिले सो कारखानाका सयौं मजदुर तलब भुक्तानी र कारखाना सञ्चालनको माग राख्दै निरन्तर आवाज उठाउँदै आएका छन्। पटक–पटक सरकार परिवर्तन भए पनि यहाँका मजदुरको समस्या समाधान तथा कारखाना सञ्चालनबारे कुनै ठोस पहल हुन नसकेको मजदुरहरूको गुनासो छ। मजदुरहरूले सरकारसँग तत्काल कारखाना सञ्चालन गरी आफ्नो रोजीरोटीको सुनिश्चितता गर्न माग गरेका छन्।

Leave A Reply

Your email address will not be published.