वीरगञ्ज वासीको सुख, शान्ति र समृद्धिको कामना सहित सनातन हिन्दू मोर्चाद्वारा पूजापाठ, ३२ वडामा प्रभारी चयन

78

वीरगञ्ज, असोज ६ आनन्द पटेल।

वीरगञ्जवासीको सुख, शान्ति, समृद्धि तथा नागरिकको जीवन रक्षाको कामनासहित सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समितिले ऐतिहासिक शक्तिपीठ श्री गहवामाई मन्दिरमा सामूहिक पूजापाठ गरेको छ।

सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ताको नेतृत्वमा भएको पूजापाठ कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराज, केन्द्रीय उपाध्यक्ष सुवास शाही, केन्द्रीय कोषाध्यक्ष अधिवक्ता विनोदप्रसाद कुर्मी, केन्द्रीय सदस्यहरू भूपेन्द्र पौडेल र योगेन्द्रप्रसाद कलवार, पर्सा जिल्ला उपाध्यक्ष अंशुकुमार प्रजापति, महामन्त्री प्रमोद शर्मा, वीरगञ्ज महानगर समितिका मन्त्री दीपक साह, कोषाध्यक्ष राजु साह तेली, नगर सदस्य सुमित प्रजापति तथा हिन्दूवादी अगुवा अरविन्द साहलगायतको सहभागिता रहेको थियो। पूजापाठमा श्री गहवामाई मन्दिरका पुजारीहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रमसँगै सनातन हिन्दू मोर्चाले वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा संगठन विस्तार तथा धार्मिक र सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउन वडा प्रभारीसमेत चयन गरेको जनाएको छ।

मोर्चाले चयन गरेका वडा प्रभारीहरूमा वडा नम्बर १ मा दीपक साह, २ मा जगदीश सराफ, ३ मा राधेश्याम सराफ, ४ मा अभिनाश वर्णवाल, ५ मा सुरज पटेल, ६ मा विकास सराफ, ७ मा विशाल रायमाझी, ८ मा सन्दीप साह कानु, ९ मा धीरज महर्जन, १० मा राजकुमार गुप्ता, ११ मा गायनेन्द्र महतो, १२ मा विनोद कुशवाहा, १३ मा विजय यादव, १४ मा मुकेश पटेल, १५ मा राजदेव साह तुरहा, १६ मा रमेश साह कानु, १७ मा अशोक पटेल, १८ मा दिनेश गुप्ता, १९ मा श्यामसुन्दर कलवार, २० मा सुवास सिंह, २१ मा विशाल पटेल, २२ मा बालकिशोर राम, २३ मा अशोक गुप्ता, २४ मा मनोज पटेल, २५ मा दिनेश पटेल, २६ मा अखलेश पटेल, २७ मा नन्दलाल मण्डल, २८ मा सन्दीप साह, २९ मा मुक्ति यादव, ३० मा उमाशंकर यादव, ३१ मा वसन्त चौधरी र ३२ मा गोविन्द साह रहेका छन्।

सनातन हिन्दू मोर्चाले धार्मिक तथा सामाजिक गतिविधिमार्फत नेपाली समाजलाई जोड्ने र हिमाल, पहाड, तराई–मधेसका सबै समुदायलाई समेटेर सामाजिक एकता तथा सहकार्यलाई अघि बढाउने उद्देश्य रहेको जनाएको छ।

मोर्चाले राष्ट्र, सनातन धर्म तथा समृद्धिका लागि समर्पित भएर काम गर्ने तथा आफ्नो उद्देश्यसँग मेल खाने विभिन्न समूह, संस्था र अभियानलाई सहयोग, समर्थन र सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

Leave A Reply

Your email address will not be published.