लायन्स क्लब अफ नवदीप एकेडेमीद्वारा दुर्गा माताको पूजा, सन्ध्या आरती तथा प्रसाद वितरण
वीरगञ्ज। नवरात्रिको पावन अवसरमा लायन्स क्लब अफ नवदीप एकेडेमीको आयोजनामा दुर्गा माताको पूजा–आराधना, सन्ध्या आरती तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ।
नवरात्रिको षष्ठी तिथिको शुभ अवसरमा वीरगञ्जस्थित बीपीसी कलेज नजिकै रहेको दुर्गा माताको मन्दिरमा आयोजित कार्यक्रममा विधिपूर्वक पूजा–आराधना तथा सन्ध्या आरती गरिएको थियो। सो अवसरमा उपस्थित भक्तजनहरूलाई प्रसादसमेत वितरण गरिएको थियो।
लायन्स क्लब अफ नवदीप एकेडेमीकी अध्यक्ष लायन सुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सदस्य तथा स्थानीय भक्तजनहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लायन सुनिल गुप्ता, लायन विजय कुशवाहालगायतको उपस्थिति थियो।
नवरात्रिको अवसरमा आयोजित उक्त कार्यक्रमले धार्मिक आस्था, श्रद्धा तथा सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। यस्ता धार्मिक गतिविधिले आपसी एकता, भाइचारा र सांस्कृतिक परम्पराको संरक्षणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
लायन्स क्लब अफ नवदीप एकेडेमीले धार्मिक तथा सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको सन्दर्भमा आयोजित यस कार्यक्रमले मन्दिर परिसरको वातावरणलाई भक्तिमय बनाएको थियो।