फूलपातीमा वीरगञ्ज–१४ पिपरामा माता रानीको डोली यात्रा, पूर्वनगरप्रमुख सरावगीद्वारा पूजाआराधना

74

वीरगञ्ज । बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा वीरगञ्ज महानगरपालिका–१४ पिपरामा माता रानीको डोली यात्रा निकालिएको छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको उक्त डोली यात्रामा वीरगञ्ज महानगरपालिकाका पूर्वनगरप्रमुख विजय कुमार सरावगी सहभागी भएका छन्।

डोली यात्रामा सहभागी पूर्वनगरप्रमुख सरावगीले माता रानीको पूजाआराधना गर्दै आशीर्वाद लिएका थिए। फूलपातीको अवसरमा आयोजित डोली यात्राले पिपरा क्षेत्रमा धार्मिक उत्साह र दसैँको रौनक थपेको छ।

हिन्दू धर्मावलम्बीहरूले बडादसैँको सातौँ दिन फूलपातीका रूपमा मनाउने गर्छन्। नवरात्रको सातौँ दिन देवी दुर्गाको सातौँ स्वरूप माता कालरात्रिको पूजा–आराधना गर्ने धार्मिक परम्परा छ। यस अवसरमा विभिन्न धार्मिक अनुष्ठान, पूजाआजा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी दसैँ मनाउने गरिन्छ।

Leave A Reply

Your email address will not be published.